मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नितिनले ल्याए ‘कसम हो कसम’



लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ ।नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् ।

मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : १३ बजे