नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ शक्ति निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिदै ओलिसगा अब चुनाबमा तालमेल मात्रै हुनसक्ने बताएका छन ।
काठमाडौंमा मंगलबार जनवर्गीय संगठनले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको उल्लेख गरे ।
उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए ।नेता नेपालले अब पार्टीलाई पुनर्गठन गर्ने बताए ।








