महन्थ ठाकुरले जसपा लोकतान्त्रिक पार्टी गठन गर्ने



राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा अध्यादेश बुधबार जारी गरेसँगै महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्।

ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्ने तयारी गरेका हुन्।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। त्यसपछि ठाकुर, नेता राजेन्द्र महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए। अहिले ठाकुर पक्षमा १२ जना सांसद रहेका छन्।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  १ : ४७ बजे