नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालका विश्वासिला पात्रले नै साथ नदिने बताएका छन् । वरिष्ठ नेता नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा केही स्थायी कमिटी सदस्यहरूले सहभागी नहुने बताएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ।
माधव समूहमा खुलेका उपाध्यक्ष भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन्।








