सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहितको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
बुधवार सरकारले अध्यादेश ल्याएसँगै नेपालले नेकपा एमाले फुटाएर नयाँ पार्टी दर्ता गराएका थिए। नयाँ पार्टी दर्ताका लागि निवेदन दिएपछि नेपालले देउवासँग औपचारिक रुपमा पहिलो भेट गरेका हुन्।
साढे नौ बजे प्रधानमन्त्री निवास पुगेका माओवादी अध्यक्ष प्रचण्ड र एमाले समाजवादीका अध्यक्ष नेपाल भर्खरै बैठकबाट बाहिरीएका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
प्रधानमन्त्री देउवासँगको भेटमा समसमायिक राजनीतिक विषयमा छलफल भएको उनले जनाए। ुसमसमायिक राजनीतिक विषयमा छलफल भएको हो,ु प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले भने।
माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष, जनमोर्चको सहयोगमा प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। अध्यादेश जारीबाट एमाले फुटेसँगै अब मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ।








