नेपालमा जुम प्रविधिको सुरुवात मैले नै गरेको हो : अध्यक्ष ओली



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले जुम प्रविधिको सुरुवात गरेको बताएका छन् । सुरु गरेको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जुम प्रविधिको सुरुवात आफुले गरेको दावि गरेका हुन् ।

आफु सिङ्गापुरमा उपचार गर्न गएका बेला जुम प्रविधिबाट मन्त्रिपरिषदको बैठक राखेर यसको सुरुवात गरेको उनको दाबी थियो । आफूले सुरु गरेको प्रविधिबाट अहिले अनलाइनबाटै सभा छलफल गर्न सम्भव भएको दाबी गरे ।

उनले भने– ‘अन्तर्राष्ट्रिय सम्मेलनमा त्यहीँबाट सहभागी हुने प्रणाली हामीले सुरु गर्यौं। कसको जमिन कस्तो छ भनेर अनलाइनबाटै माटो परीक्षण गर्ने प्रणाली सुरु गर्यौं । मेरो कित्ता भन्ने अनलाइनबाटै जग्गाको बारेमा थाहा पाउने प्रणाली विकास गर्यौं ।’

उनले जुम प्रणाली सुरु नगरेको भए बालबालिकाको पढाइ प्रभावित हुने बताउँदै विद्यार्थीहरुले अहिले मोबाइल फोनबाटै पढ्न पाएको दाबी गरेका हुन् । जुम एप्लिकेसनको सुरुवात एरिक युआन हुन् । उनले २०१९ को अप्रिलदेखि यसको सुरुवात गरेका थिए ।

प्रकाशित मिति : भदौ ३, २०७८ बिहिबार  ३ : १७ बजे