नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल नरहेको पारिवारिक स्रोतले जनाएको छ ।
भारतको हिन्दुजा अस्पतालमा गिरीको सामान्य अपरेशन गरिएको र उनको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
भारतको मुम्बइस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार भइरहेको छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ ।
पारिवारिक स्रोतका अनुसार घाँटी सामान्य समस्या देखिएपछि उनी केही समयदेखि अस्वस्थ्य थिए ।








