मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिकेश गुरुङको संगीत तथा निर्देशनमा तिम्रै लागि सार्बजनिक



संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ूतिम्रै लागिू म्युजिक भिडियो सार्बजानिक भएको छ। गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय समेटिएको छ।

प्रस्तुत गीतको म्युजिक भिडियोले छिमेकमा बस्ने दुई जना केटा केटि बीचमा हुने आकर्षण, प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोहोर्याउछ। सेण्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ। यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन्।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ५२ बजे