जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन छुट्टिएका महन्थ ठाकुर पक्षले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ।
२ भदौमा जसपा (लोकतान्त्रिक)पार्टी गठन गरेका ठाकुरलाई निर्वाचन आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएको जनाउँदै नयाँ नाम दिन सुझाएको थियो।
निर्वाचन आयोगको सुझावसंगै ठाकुर पक्षले लोसपा नेपाल नाम प्रस्ताव गरेको हो। ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले नयाँ नाम टुंगो लागेको बताए।
“हामीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम टुंग्याएका छौं,” भण्डारीले भने।
नयाँ नाम सहित ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। ठाकुर पक्षले दिएको निवेदन दर्ता भएको आयोगले जनाएको छ।








