मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलाकार शम्भुराज थापा ‘बखते’ को निधन



कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आजराती ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो ।

थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ सहित पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै थिए ।

उनले थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँको परिवारमा सवै कोरोना संक्रमित छन् ।

उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ५९ बजे