मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार



डिशहोम फाइबरनेटले बनेपामा सेवा विस्तार गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिटै नेपालका प्रमुख सहरहरू पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, वीरगन्जलगायत अरू स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरूका लागि डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ३ : ५० बजे