माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू



नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । स्थायी समिति बैठक आइतबार पार्टी कार्यालय पेरिसडाँडमा शुरू भएको हो ।

बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न स्थायी समिति सदस्य गणेश साहले बताए ।

साउन ३० र ३१ मा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि मिति तय गर्दै चार महिने संगठन निर्माण अभियानको घोषणा गरेको थियो ।

अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि माओवादीले नेताहरूलाई कार्यविभाजन गरेर पठाउने विषयमा स्थायी समिति छलफल हुने बताइएको छ ।

यस्तै शनिबार बसेको स्थायी समिति बैठकमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धि छलफल सुरु गरेको थियो ।

बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आईतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको थियो ।

प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार  १ : ०२ बजे