अध्यक्ष ओलीले एमाले छाडे आफूहरु पार्टी एकताका लागी तयार छौ : जैरु



माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) प्रस्तावित पार्टीकी नेतृ निरुदेवी जैरुले केपी शर्मा ओलीले एमाले छाडे आफूहरु पार्टी एकताको लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।

शनिबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा उनले सो कुरा बताए्रकी हुन् ।

उनले भनिन्, ‘केपी शर्मा ओलीले न नेकपाको सरकार राख्नुभयो, न एमाले पार्टी बचाउनुभयो, न एमालेको २३ जना बचाउन सक्नुभयो ।’ उनले आफू प्रधानमन्त्री बन्न र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनको लागि मात्रै ओलीले एमालेलाई माओवादी केन्द्रसँग एकता गराएको आरोप लगाईन् ।

यता नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले दल विभाजनसम्बन्धी ल्याईएको अध्यादेशको विरोध गरेका छन् ।

हिजो आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकार प्रमुख भएको भेलामा ल्याएको अध्यादेश र अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा धेरै फरक रहेको उनको जिकिर छ ।

उनले भने,‘हिजो अध्यादेश आउँदा म लागिपरेको थिईनँ । तर, उपेन्द्र यादवको तत्कालिन समाजवादी पार्टीका विद्रोह गर्न चाहने नेताहरुसँग भने मैले समन्वय गरेको थिएँ ।’ उनले अहिले आएको अध्यादेशको उद्देश्य नै एमाले विभाजन गर्नु भएको पुष्टि भएको जिकिर गरे ।

उनले प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको घोडा चढेर माँत्तिएर एमालेलाई समाप्त पार्ने डिजाईन गरेको टिप्पणी गरेका छन् । उनले हिजो ओलीले अध्यादेश ल्याउनु बाध्यता भएको जिकिर गरे ।

उनले नेकपा (एमाले) निकै बलियो रहेको जिकिर गरेका छन् । उनले प्रचण्ड कहाँ गएर चुनाव लड्ने हो रु भनेर पनि सोधेका छन् । उनले प्रचण्डले कतैबाट पनि चुनाव नजित्ने ठोकुवा गरेका छन् ।

प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार  ३ : ०४ बजे