निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई मान्यता दिन अस्विकार गरेको छ ।
ओलीले गत मंगलबार आयोगलाई एमालेका २०३ केन्द्रीय सदस्यहरूको ठाउँमा नाम थपेरको २६० विवरण बुझाएका थिए ।
आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यलाई मात्र मान्यता दिने बताएक हो ।
एमालेमा २०३ केन्द्रीय सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएसंगै माधव नेपाल पक्षलाई सहज भएको छ ।
आयोगले नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ ।
सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्याउँदा हुने भएको छ ।








