नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद समाधान समितिले भोलिमात्रै प्रतिवेदन बुझाउने भएको छ ।
समितिले आजै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेपनि समितिका संयोजक कृष्णप्रसाद सिटौलाको व्यस्तताको कारण भोलिमात्रै प्रतिवेदन बुझाउने भएको हो ।
समितिले क्रियाशिलको सबै विवाद समाधान गरिसकेको पनि सिटौलाले जानकारी दिएका छन्। समितिमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् ।
कार्यदलले भोलि नै प्रतिवेदन बुझाए तोकिएकै मितिमा अधिवेशन हुने नेताहरुले जनाएका छन् ।
कांग्रेसको नयाा कार्यतालिकाअनुसार भदौ १८ गते वडा अधिवेशन गरिने कार्यतालिका छ । मंसिर ९, १०, ११, १२ र १३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।








