मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्यविरही साउदले ल्याए ‘मेरा गाउँ जाल्लि मुई जसि होल्लि’ (भिडियो)



कोरोनाको कारण थला परेको संगित क्षेत्र विस्तारै अगाडि बढ्ने क्रम सुरुभएसंगै सुदुरका कलाकारहरु पनि सक्रिय भएर लागेका छन ।

सुदुरपश्चिमेली डेउडा गीत संगितको क्षेत्रमा सक्रिय लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘खप्तड चिनारि (मेरा गाउँ जाल्लि मुई जसि होल्लि)’ सार्वजनिक भएको छन् ।

लोकप्रिय गायक तथा सर्जक साँउदले उक्त गिीत बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा लय तथा संगित गायक सुर्यविरही साउद रहेको छ । लोकप्रिय गायिका गौरी भट्टले उक्त गितमा गायक सुर्यविरही साउदलाई साथ दिएकी छन् ।

गीतमा सुदुरपश्चिमका धार्मिक कला संस्कृति पर्यटकीय स्थलहरु र बिशेष गरि खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सुर्यविरही साउद र अनु खड्काको आर्कषक अभिनय देख्न सकिन्छ ।

भिडियो जनक सिंहले निर्देशन गरेका हुन, भने हरि महराले खिचेका हुन । भिडियो विवेक पाण्डेले सम्पादन गरेका हुन ।

गीतबारे प्रतिक्रिया दिंदै गायक तथा सर्जक साउदले गीतको सानो अंश टिकटकमा दर्शक श्रोताले निकै रुचाएको बताए ।

उनले भने, ‘दर्शक श्रोताको माया विगत देखिकै छ, अझैं सुदुरका सुन्दर ठाँउमा सुटिङ गरिएकोले झन दर्शक श्रोताको माया थपिने आशा छ ।’ उनले खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति प्रति धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ३५ बजे