भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन ।
नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सोमबार ओलीसँग शिष्टाचार भेट गरेको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन ।
ओलीसँगको भेटपछि ट्वीट गर्दै चौथाइवालेले भनेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजीसँग आज बिहान काठमाडौंमा । हामीले नेपाल–भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्यौ।’
उनले भेटवार्तामा आफूहरुबीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप उचाईमा पुर्याउन र सुदृढ बनाउनको लागि सकारात्मक छलफल भएको जनाएका छन । चौथाइवाले आइतबार प्रधानमन्त्री शेर बहादुुर देउवालाई भेटेका थिए ।
चौथाइवा भारतीय प्रधानमन्त्री मोदीका विश्वास पात्र मानिन्छन् । उनको नेपाल भम्रणलाई अर्थपुर्ण मानिएको छ ।








