प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको हो।
बैठकले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउने एमाले महासचिव ईश्वर पोखरेलले बताए ।
‘१० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको हो, पोखरेलले भने ।’
उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताए ।
माधव नेपालले पार्टी विभाजन गरेसंगै तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
पार्टी विभाजनका क्रममा नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरूले बालकोटस्थित ओलीको निजी निवास पुगेर छलफल गरेका हुन् ।
यसअघि माधव नेपाल पक्षका भनेर चिनिएका एमाले उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले ओलीलाई पार्टी विवाद मिलाउन मन फराकिलो बनाउन सुझाव दिए ।
ओलीसँग निर्णायक वार्ताका लागि भन्दै बालकोट पुगेका नेताहरू सोमवारको छलफलका क्रममा निकै नरम ढंगले प्रस्तुत भएका थिए ।








