लेखक, विश्लेषक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले एमालेका दोस्रो पुस्तालाई पत्रु पुस्ताको संज्ञा दिएका छन् । मंगलबार संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विचारमा टाट,नैतिकमा च्यूत,भिजनमा ठिस भनेका बताएका हुन् ।
उनी लेख्छन्,“इष्टदेव ओलीलाई गद्दीबाट खसाले,”वर्ग शत्रु”देउवालाई गद्दीमा बसाले। र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए। दोस्रो पुस्ता होइन,यी पत्रु पुस्ता हुन्। विचारमा टाट,नैतिकमा च्यूत,भिजनमा ठिस। अब ओली प्रवृत्तिको कमाण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई जमठ बनाउने होलान्। हरेराम !”
सोमबार मात्रै एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गरेका थिए ।
अध्यक्ष ओली दश बुँदे कार्यान्वयन गर्न सहमत भएपछि दोस्रो पुस्ताका नेताहरु एमालेमै फर्कने र आज बस्ने स्थायी कमिटी बैठकमा समेत सहभागी हुने बताईएको छ ।
दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सहमति गरेपछि सामाजिक सञ्जालमा उनीहरुमाथि ओलीको टाङमुनि छिरेको, आत्मसर्मपण गरेको लगायत आरोप लगाईएको छ ।
यही सन्दर्भमा लेखक खंग्रौलाले यस्तो टिप्पणी गरेका छन् ।








