मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा



नेकपा एमालेको वर्चश्वलाई कायम राख्नका लागि प्रदेश १ का मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्।

बिहिबार नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठकपछि उनले राजीनामा दिएको हुन् ।

‘पछिल्ला यावत समस्या र खासगरी नेकपा एमाले र एमालेको प्रभाव तथा वर्चश्वलाई कायम गर्ने, सरकार जस्ताकोजस्तै राख्ने योजनाअनुसार मेरो प्रस्तावमा भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो,’ राईले संसदीय दलको बैठकपछि छोटो प्रतिक्रिया दिँदै भने।

उनले संसदीय दलका नेता आचार्यलाई मुख्यमन्त्रीका रुपमा पार्टीबाट सिफारिस गरिने पनि जानकारी गराए।

राईले राजीनामा पछि सञ्चारकर्मीहरूसँग पार्टी एकतालाई ध्यानमा राखेर संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन्।

उनले भने, ‘पार्टी विभाजनबाट रोकेर एमाले नेतृत्वको सरकारलाई सुरक्षित ढंगबाट अगाडि बढाउनुपर्छ।’

एमालेको प्रभाव र बर्चस्वलाई कायम राख्नका लागि आफ्नै प्रस्तावमा भीम आचार्यलाई दलको नेता बनाइएको बताए ।

‘पार्टी विभाजन, टुटफुटको अवस्था पार्टी एकतालाई ध्यानमा राखेर खास गरेर नेकपा एमालेको प्रभाव र यसको बर्चस्वलाई जस्ताको त्यस्तै कायम गर्ने सरकारलाई जस्ताको त्यस्तै राख्ने उद्देश्यलाई ध्यानमा राखेर दलको नेताबाट मैले राजीनामा गरेको छु’, उनले भने, ‘नया दलको नेताको रुपमा मेरो प्रस्तावमा भीम आचार्यलाई सर्वसम्मत चयन गरिएको हो ।’

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  १२ : ०७ बजे