माधव नेपाल नेकपा एमाले छाडेर नयाँ पार्टी दर्ता गरेसंगै लामो सयम उनलाई साथ दिएका एमालेका २० केन्द्रीय सदस्य पार्टी संस्थापन पक्षमै रहेने भएका छन् ।
नेता नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रममा ती २० नेताले एमाले नै रोजेका हुन् ।
सर्वोच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरु आज पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन लागेको उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतले उपलव्ध गराएको सूचीअनुसार, झपट रावल, भानुभक्त जोशी, ठाकुर गैरे, राजबहादुर बूढा, रवीन्द्र अधिकारी, निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर एमालेमै रहने भएका हुन् ।
त्यस्तै, अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्।
यता नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बस्ने भएको हो ।
एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एमाले बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।
१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।
यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।








