माधव नेपालले बोलाए आकस्मिक पत्रकार सम्मेलन



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आकस्मिक पत्रकार सम्मेलन बबोलाएका छन् । बिहिबार अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएका हुन् ।

एकीकृत समाजवादीले बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो।

नेकपा एमालेका निवर्तमान वरिष्ठ नेता रहेका नेपालले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्।

यस्तै, नेपाललाई छाडेका नेताहरु एमालेले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदैछन्।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नेपालको पार्टीमा गएका र आज अनुपस्थिति हुनेलाई एमालेले कारवाही गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  १२ : ४७ बजे