प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् को बैठक बोलाएका छन् ।
देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राजनीतिक नियुक्तिको निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार केहि प्रदेशका प्रदेश प्रमुखहरु र राजदूत नियुक्त समेत गर्ने निर्णय हुनसक्नेछ ।








