नव गठित नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधव नेपाललाई दल दर्तासंगै अप्ठ्यारोमा परेका छन् । बुधबार निर्वाचन आयोगले मान्यता दिएसंगै नेपाललाई सरकारमा पठाउने मन्त्री छान्ने सकस भएको हो ।
यतिबेला माधव समूहमा मन्त्री बन्ने होडबाजीमा धेरै नेताहरु लागिपरेका छन् । स्रोतका अनुसार यतिबेला माधव नेपाललाई मन्त्रीको नाम छनोट गर्न दवाव आएको छ ।
धेरै नेताहरुले मन्त्री बन्ने चाहना देखाएपछि अहिले माधव नेपाल तनावमा छन् ।
एमालेमा विद्रोह गरिरहेका नयाँ पार्टीका नेताहरु बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी मन्त्री बनाउनु पर्ने भन्दै दावाव दिइरहेका छन् ।
यस्तै प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु आफूलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडानमा रहेको स्रोत बताउँछ ।
केही नेताहरुले मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी दिएको बताइएको छ ।
यस्तै अध्यक्ष नेपालले आकस्मिक पत्रकार सम्मेलन बबोलाएका छन् । बिहिबार अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएका हुन् ।
एकीकृत समाजवादीले बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो।
नेकपा एमालेका निवर्तमान वरिष्ठ नेता रहेका नेपालले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्।
यस्तै, नेपाललाई छाडेका नेताहरु एमालेले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदैछन्।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नेपालको पार्टीमा गएका र आज अनुपस्थिति हुनेलाई एमालेले कारवाही गर्ने तयारी गरेको छ।








