नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता : अध्यक्ष नेपाल



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी निर्माणको यात्रा निकै कठीन भएको बताएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेता नेपालले कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय शुरू गरेको बताएका हुन् ।

नेता नेपालले नेकपा एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माण गरेको बताएका छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय शुरू गर्न गइरहेका छौं । एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माणको अवस्थामा पुगेका छौं,’ नेपालले भने ।

नेता नेपालले नयाँ पार्टीले केही गर्न नसक्ने भनाइको खण्डन गरे ।

‘यहाँसम्मको यात्रा कति गठन कठिन थियो होला, तपाईंहरू बुझ्न सक्नुहुन्छ । क्रान्तिमा यस्ता अवरोध व्यहोरेका छौं,’ नेपालले भने, ‘अहिले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरू विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गर्दथे ।’

नेता नेपालले नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता भएको दाबी गरे ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  २ : ५१ बजे