सरकारले महाकाली घटनामा परी बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा बेपत्ता भएका धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
तेस्तै बैठकले त्यस्तै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्प रमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।
बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभि प्रसारण लाइन आयोजना अन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर बायाँ ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने नीजि जग्गा लगायतका अन्य संरचनाहरूलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ ।








