पौडेल पक्षको बैठक चाक्सीबारीमा जारी



नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासको निवासमा संस्थापन इतर समुहको छलफल सुरु भएको छ ।

शुक्रबार बिहानदेखी चाक्सीबारीमा सुरु भएको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ ।

शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडुलगायत नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार  ९ : १९ बजे