नेकपा (एकीकृत समाजवादी)पार्टीले बागमती र प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकार निर्माण प्रक्रिया अघि बढाएसंगै दुवै मुख्यमन्त्रीको पद संकटमा परेको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि बोल्दै सांसद विरोध खतिवडाले दुवै प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएक हुन् ।
उनले प्रदेशमा दल विभाजन प्रक्रिया पूरा भएलगत्तै केन्द्रमा रहेको पाँच दलीय गठबन्धनले सरकार बनाउने बताएका छन्।
ुबागमती प्रदेश र प्रदेश १ सरकार गठन भइनसक्दै अल्पमतमा परिसकेका छन्ु, खतिवडाले भने, ुदुवै मुख्यमन्त्री दल विभाजन अनुसार हामीतिर आउनु भयो भने उहाँहरु सुरक्षित रहनु हुन्छ। त्यसो नभएमा गठबन्धनले नयाँ सरकार बनाउन थाल्नेछ।ु
दुवै मुख्यमन्त्री गठबन्धनमा नआएमा उनीहरुलाई हटाएर नयाँ सरकार बनाइने खतिवडाले बताए।
बागमतीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्व छ। तर त्यहाँ एमाले विभाजित भएर सांसदहरु समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा पर्ने अवस्था छ।
प्रदेश १ मा पनि एमाले सचिव भीम आचार्य मुख्यमन्त्री छन्। त्यहाँ पनि अवस्था बागमतीकै जस्तो छ।








