नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निवास बोहराटारमा संथापन इतर पक्षका नेताहरुबिच छलफल सुरु भएको छ । पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् ।
काँग्रेसको महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षलाई भन्दा पौडेल पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस पर्ने देखिन्छ ।
यद्यपी देउवालाई चुनौति दिनेगरी उपसभापति समेत रहेका विमलेन्द्र निधिले पनि औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने यता सभापती इतर समुहका कल्याण गुरुङले पनि आज सभापतीको घोषणा गर्ने भएका हुन् ।








