सुदूरपश्चिमका १० सांसद एकीकृत समाजवादिमा



सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले छाडेर १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।मंगलबार उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यस्तै बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको बताइएको छ । एकीकृत समाजवादीले आफ्नो पक्षमा १४ सांसद रहेको दाबी गरेको छ ।निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न समय दिएको छ ।

प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार  ६ : ०१ बजे