नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य कल्याण गुरूङले घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो एजेण्डा रहको बताए ।
पार्टीमा सबैले अवसर पाउनु पर्ने भन्दै भन्दै उनले भने, ‘एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्छु । यसले पार्टीमा सबैले अवसर पाउँछन् ।’
स्थानीय तह प्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार बनाउने व्यवस्था विधानमा नै गर्ने उनको अर्को एजेण्डा छ ।
एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने समेत आफ्नो एजेण्डा भएको उनले सुनाए ।
पार्टीका महाधिवेश नजिकिएसंग नेताहरु विभिन्न पदमा आफ्नो उम्मेद्धारी घोषणा गर्दै आएका छन् । केहि दिन अघि पार्टीका उपसभपतीले आगामी महाधिवेशमा सभापती उठ्ने घोषणा गरेका थिए ।








