नेकपा एकीकृत समाजवादीले ६ मन्त्रालयको जिम्मा पाउने भएको छ । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले एक राज्यमन्त्री सहित ६ मन्त्रालय पाउने भएको हो।
समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागेपनि आकांक्षीहरु बढेपछि अन्तिम निर्णय गर्न बाँकी रहेको बताए ।
मन्त्री बन्नेमा हालसम्म विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ । ती नेताले भने ू६ जनाको नाममा लगभग सहमति भएको छ । अब निर्णय गर्न बाँकी छ ।ू
मन्त्री बन्ने आकांक्षीहरुको नाम धेरै भए पनि वरिष्ठता, भूगोल, समावेशिता लगायतलाई आधार मानेर मापदण्ड बनाइएको ती नेताले अन्नपूर्णलाई बताए । सम्भावित मन्त्रीहरुको नामबारे अध्यक्ष माधव नेपाल सहित स्थायी समितिका नेताहरुले समेत निर्णायक छलफल गर्दैछन् ।
सम्भावित मन्त्रीमध्ये श्रेष्ठ पूर्व एमालेमा छँदादेखि नै माधव नेपालका निकट मानिन्थे । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव बनिसकेका उनको राजनीतिक भूगोल काठमाडौँ हो । यस्तै विरोध खतिवडा मकवानपुरबाट निर्वाचित सांसद हुन् ।
चौधरी दाङबाट निर्वाचित सांसद हुन् । नेकपा(एस) निर्माण प्रक्रियामा उनी सक्रिय थिए ।
यस्तै लामो समय विध्यार्थी राजनीतिबाट आएकी झाँक्री समानुपातिक तर्फको सांसद हुन् । प्रेम आले र किसान श्रेष्ठ भने यसअघि एमालेमा छँदा केपी ओली निकट मानिन्थे ।
डोटीबाट निर्वाचित आले ओली नेतृत्वको सरकारमा वनमन्त्री समेत थिए । तनहुँबाट निर्वाचित किसान लामो समय ओली निकट नेताको रुपमा चिनिन्थे ।








