मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको महाधिवेशन नेता छान्ने मेला मात्र नहोस !



लामो अन्योलतापछी नेपाली कांग्रेसको महाधिबेशन हुने भएको छ ।महाधिबेशन हुने सुनिश्चिततासगै देशभरका कांग्रेस जनमा उत्साह देखिएको छ ।कांग्रेसका नेता कार्यकर्ताहरु महाधिबेशनको दौडधुपमा ब्यस्त देखिन थालेका छन ।

अहिले हुन लागेको कांग्रेसको महाधिबेशन राष्ट्रीय रुपमा पनि महत्वपुर्ण छ । मुलुकाका सबैजसो राष्ट्रीय राजनतिक दलले संबिधानले तोकेको समयसिमाभित्र महाधिबेशन गर्न तत्परता नदेखाएर संबैधानिक ब्यबस्थाको उलङ्घन गरिरहेका बेला नेपाली कांग्रेसले भने महाधिबेशन थालेर  संबिधानिक ब्यबस्थाप्रती उत्तरदायित्व प्रस्तुत गरेको छ ।

अर्कातिर पछिल्लो समय सबै ठुला राजनितिक दलहरु फुटेर नयाँ दल बनिरहदा त्यसले राजनितिलाई थप अस्थिर बनाउने र जनमानसलाई राजनितिप्रतिप्रती नकारात्मक बनाउने खतरा बिधमान छ । यस्तो समयमा हुने महाधिबेशन मार्फत नेपाली कांग्रेस संस्थागत हुन सकेमा त्यसले राष्ट्रीय राजनितिलाई अस्थिर हुनबाट बचाउनेछ भने आम जनमानसमा राजनितिप्रती केहि भएपनी सकारात्मक प्रभाब पार्नेछ ।

कांग्रेस महाधिबेशनको अर्को सकारात्मक पक्ष भनेको देशको राजनितिमै पहिलो पटक बिधिवत आन्तरिक निर्बाचन मार्फत पहिलो पटक नेपाली कांग्रेसले संघिय संरचना अनुसार आफुलाई ढाल्ने छ ।कांग्रेसले संघिय संरचना अनुसार पार्टी संरचना तयार गर्दा संघियता माथी उठ्ने गरेका आसंकाहरु मेट्न बल पुग्नेछ ।यो महाधिबेशनपछी कांग्रेसका सबै तहमा संबिधानको ब्यबस्था अनुसार समाबेशी नेतृत्व स्थापित हुनेछ ।कांग्रेसको पार्टी संरचना र नेतृत्वमा सबै जातजाति, भाषाभाषी, सबै धर्म ,लिङ्ग र बर्गको उपस्थिती हुनेछ ।यो भनेको राष्टृय एकताको मजबुत आधार हो ।कांग्रेसको यो महाधिबेशनले समाबेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास मार्फत देशलाई एकताबद्द गर्नेछ,त्यसैले कांग्रेसको आसन्न महाधिबेशन देशका लागी पनि महत्वपुर्ण छ ।

देशभरका सबै वडादेखी नेतृत्व निर्माण शुरु हुँदा देशको राष्ट्रीय राजनिती स्थानिय प्राथमिकताहरुसग जोडिने छ ।लाखौ नागरिकहरुको सहभागितामा देशभरका सबै वडा देखी केन्द्र सम्मको नेतृत्व बिधिवत ब्यबस्था अनुसार छान्ने अभ्यासले हाम्रो लोकतन्त्रलाई थप सामाजिकिकरण गर्ने छ भने लोकतन्त्र र लोकतान्त्रीक प्रक्रीया थप संस्थागत र बलियो बन्नेछ ।

यिनै महत्व र  सम्भाबनाहरुका बिच कांग्रेस महाधिवेशन हुँदैछ महाधिबेशनको सरगर्मी बढी सकेको छ, महाधिबेशन केन्दृत छलफल र भेलाहरु चलिरहेका छन ।तातेको महाधिबेशनको माहोलमा निती, बिचार र कार्यक्रमहरुको बहसलाई भित्र्याउन भने पार्टिको नेतृत्व चुकेको देखिन्छ ।कांग्रेसको महाधिवेशन फगत नेता छान्ने मेला मात्र नभएर निति, बिचार र कार्यक्रमहरुमाथी छलफल गरी निचोड निकाल्ने अबसर पनि हो । सही निश्कर्ष र बिचार मार्फत देशलाई सुसाशन्, बिकाश र सम्बृद्दिको बाटो उन्मुख गराउने अबसर पनि हो ।

यो ऐतिहासिक अबसर छोडेर कांग्रेसको महाधिवेशन फगत नेता छान्ने मेला मात्र नहोस भन्नेमा सबै कांग्रेसिहरु सचेत बन्न जरुरी छ ।सही निश्कर्ष, बिचार र कार्यक्रममार्फत  देशलाई सुसाशन्,स्थिरता, बिकाश र सम्बृद्दिको बाटो देखाउदै नेतृत्व चयन गर्न सकेमा कांग्रेसको महाधिबेशन पुर्ण सफल हुनेछ ।त्यसैमा आम नागरिकहरुको भलाई र भबिष्य पनि जोडिएको छ ।कांग्रेसको महाधिबेशन साचो अर्थमा सफल रहोस्, शुभकामना !

 

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ५२ बजे