बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिष्द् बैठकले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञसहितको समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
समितले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गरेर नेपाल सरकारलाई प्रतिवेदन पेश गर्ने प्रवक्ता कार्कीले जानकारी दिए।








