आफ्नै गृह नगरमा एक्लिए भीम रावल



नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई आफ्नै गृह नगरका नेतालेहरु पनि साथ छोडेका छन् ।

एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले समेत रावलको साथ छोड्दै नेकपा एकीकृत समाजवादी रोजेपनि उपप्रमुख बिमलादेवी बुढ्थापा भने अहिलेसमम तटस्थ बसेकी छिन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन र अतिवाविरुद्ध लडेका नेता रावलले अन्तिममा अडान लिन नसकेकाले कुवँरले साथ छोडेर विद्रोह गरेको बताए ।

२०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख र एक गाउँपालिकाको अध्यक्ष जितेको थियो ।

एक गाउँपालिका र एक नगरपालिकाका प्रमुखले एकीकृत समाजवादी रोजेका छन् । कुवँरसंगै समाजवादी पार्टी रोज्नेमा चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद पनि रहेका छन् ।

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय पार्टी विभाजनपछि एमालेमै रहने भएका छन् । अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले यस अघि नै एकीकृत समाजवादी रोजिसकेका छन्।

प्रकाशित मिति : भदौ १७, २०७८ बिहिबार  ११ : ५० बजे