नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकदिै जादा जिल्ला तहमा पनि अधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशन हुने नहुने अलमलकै विच भदौ १८ मा वडा अधिवेशन हुने निश्चित भएसंगै जिल्लामा नेता कार्यकर्ताहरुको भिड लागेको हो । वडा अधिवेशनको तयारीका लागि नेता कार्यकर्ताहरु सम्बन्धीत वडा वडामा पुग्न थालेका छन् ।
गत संसदीय निर्वाचनमा जितेका सांसद र टिकट पाएका बाहेक सम्पूर्णले वडा अधिवेशन बाट प्रतिनिधि छनोट भई आउनु पर्ने कांग्रेसको बैधानीक व्यवस्था भएकाले पुराना नेताहरुसमेत वडाको अधिवेशन बाट प्रतिनिधिका लागि दिलो ज्यान दिएर लागेका छन् । भूगोलमा बसेर काम नगरेका केन्द्रीय स्तरका नेताहरुलाई समेत कार्यकर्ताले वडाअधिवेशनमै हराउन सक्ने परिस्थिति रहेकाले नेताहरुले वडास्तका कार्यकर्ता आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् ।
वडा देखि जिल्लाको नेतृत्वका लागि समेत केही उमेद्वारी घोषण गरेका छन भने धेरैले आफ्नो उमेद्वारी घोषणा नगरी वडाको अधिवेशनमा केन्द्रीत भएको पाइएको छ । अहिले नै उमेद्वारी घोषण गरिहाल्दा वडाबाटै हार्नसक्ने परिस्थितिलाई आँकलन गरेर नेताहरुले माथिल्लो उमेद्वारी घोषणा गर्न नसकेको नेता कार्यकर्ताहरु बताउछन् । असोज ५ गते हुँने जिल्ला अधिवेशमा जिल्ला सभापतिका लागि बालकृष्ण दाहाल, तेजेन्द्र खनाल, कुमार लुइटेल र रुद्र प्रसाद अधिकारीले उमेद्वारी दिने घोषण गरेका छन् ।
दाहाल र लुइटेल वर्तमान संस्थापन इतर समुहका मानिन्छन भने खनाल र अधिकारी संस्थापन समूहमा बसेर काम गरेका नेता हुन् । जिल्ला सभापतिको उमेद्वारी प्रस्तुत गर्नुभएका दाहालाई कोइराला समूहको सहयोग रहेको छ । पार्टीलाई संस्थागत बनाउने अभियानमा लागेर सबै निष्ठाको राजनीति गरिरहदा आफुले जहिलेपनि हार व्यहोर्नु परेको र यस पटक सभापति भएर सबै निर्वाचनमा कांग्रेको जित सुनिश्चित गर्ने अभिभाराका साथ सभापतिको उमेद्वारी घोषणा गरेको दाहालले बताउनुभयो ।
त्यस्तै खनालल लाई शेर बहादुर देउवा समूहको पूर्ण सहयोग रहेको छ । वर्तमान उपसभापति खनाललाई जिल्ला सभापति प्रदीप कुमार सुनुवार र वाहाको टिमले अघि सारेको छ । हाल सम्म कुनै लाभको पद नलिई पार्टीको विभिन्न जिम्मेवारीमा बसेर उपसभापति भैसकेकाले आफ्नो उमेद्वारी स्वभाविक रहेको खनालको दावी छ । खनाल र दाहाल दुबै नेता पार्टी कार्यकर्ता विच इमान्दार र नैतिकवान नेताका रुपमा परिचित छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनका प्रत्यासी उमेद्वार समेत रहनुभएका दाहाल १३ औं महाधिवेशनमा सभापतिमा पराजय हुनुभएको थियो ।
कुमार लुइटेल सभापतिको आकाक्षि रहेपनि अन्तमा बालकृष्ण दाहालसंग मिल्ने सम्भावना रहेको जिल्ला नेताहरुले बताएका छन् । संविधानसभा सदस्य रामहरी खतिवडा निकट मानिने वर्तमान पार्टी सचिव तथा सुनकोशी गाउपालिका प्रमुख रुद्र प्रसाद अधिकारी सभापति कसैलाई नछाड्ने बताउनुहुन्छ । संविधानसभा सदस्य रामहरी खतिवडा, जिल्ला सचिव तथा चम्पादेवी गाउपालिका प्रमुख नवराज, महासमिति सदस्य अशोक कार्की, प्रदेश सभा क र ख का सभापति दानबहादुर बाँनीया, मोतिराज राई लगायतका नेताहरुको सहयोग जसले पाउछ जिल्ला सभापतिमा उसेको पल्लाभारी हुने देखिन्छ । खतिवडा लगायत केही नेताहरु वडा र स्थानीय तहको अधिवेशन अघि सम्म कसैको पक्षमा नखुल्ने बुझिएको छ ।
जिल्ला सचिवका लागि विनोद केसी, राजकुमार ढुंगाना, अजय लुइटेल, राजावावु किराती, भोजकुमार श्रेष्ठ, लगायतको नाम चर्चामा छ । प्रदेश सभा क को सभापतिमा सन्तोषबाबु थापा र होम बहादुर कार्कीले उमेद्वारी दिने चर्चा छ भने प्रदेश ख को सभापतिमा मा भिम प्रसाद गौतम,आश्स्राचन राई, आशोक राईले इच्छा व्यक्त गरेको बताउदै आएका छन् ।
स्थानीय तहहरुमा समेत कम्तीमा २–२ जनाको उमेद्वारी पर्ने सम्भावना रहेकाले नेताहरुले सर्वसहमत बनाउने पक्षमा लाग्नु पर्ने कार्यकर्ताहतको प्रेसर रहेको छ । यो अधिवेशनलाई एकताको अधिवेशन बनाउन सबैतहबाट लाग्नु पर्ने जिल्ला सचिव नवराज केसीले बताउनुभयो ।








