नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालय स्थापना



नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन।

आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उहाँहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।

प्रकाशित मिति : भदौ १७, २०७८ बिहिबार  ४ : ४० बजे