नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका छन्
अध्यक्ष प्रचण्डले दिउँसो २ः३० बजे पार्टीको स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकमा पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने एजेन्डा रहेको उनले बताए ।








