काँग्रेस महामन्त्रीमा पौडेलले उम्मेदवारी दिने



नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युवा नेता पौडेलले केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९–१३ मा काठमाडौंमा हुने तय गरेको छ । १३ औं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।

उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भएका थिए । पौडेलले कांग्रेसको तेस्रो धारका रुपमा हेरीएको कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवारी दिने तयारीमा छन् ।

१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले रामचन्द्र पौडेल समूह रोज्ने संकेत देखाएपछि सिटौलाले पौडेललाई महामन्त्रीमा अगाडि सार्ने तयारी थालेको बुझिएको छ ।

१४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने रणनीतिमा रहेका सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । पौडेलले त्यही अनुसार तयारी गरेको पाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : १४ बजे