सोलुखुम्बु अधिवेशनलाई सहमतीको अधिवेशन बनाऔ : कांग्रेस नेता कार्की



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबंम नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले आसन जिल्ला अधिबेशनलाई एकताको अधिवेशन बनाउनु पर्ने बताएका छन् ।

सोलुखुम्बुको नेचा सल्याङ गाँउपालिका स्थित पार्टी कार्यलयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन् ।नेता कार्कीले भदौ २२ गते भोली (मंगलबार) हुन लागेको वडा अधिवेशनलाई सकेसम्म सहमतीमै टुग्याउनु पर्ने जोड दिएका हुन् ।

‘सकेसम्म वडा अधिवेशन सहमतीमै टुग्याउन सबैले जोड दिनुहोला, म कसैलाई जिताउन वा हराउन आएको हैन, मेरा लागि सबै बराबरी भएकाले मेरो उदेश्य भनेको पार्टी एकताबद्ध र बलियो बनाउने रहेकाले पार्टीको हित देखेर जिम्मेवारी चयन गर्नुहोला ।’

कार्कीले आसन अधिवेशनले आगामी निर्वाचनमा पार्टीको जित शुनिश्चित गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा गाउपालीका सभापती निर कुमार शर्मा कट्टेल, शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला, सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धब कुमार शर्मा, महासमिती सदस्य शम्भुहरी बास्तोला, पूर्व महासमिती सदस्य इन्द्र कुमारी शर्मा , पूर्व जिल्ला सदस्यहरु जस कुमार राई र कृष्ण कट्टेल लगायतका नेताहरुको उपस्थित रहेको थियो।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  २ : १८ बजे