कांग्रेसले यी पाँच जिल्लाको वडा अधिवेशन आज गर्दै



नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत आज पाँच जिल्लामा वडा अधिवेशन गर्ने भएको छ ।

कांग्रेसले मंगलबार गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन गर्न लागेको हो ।

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ ।

भोलि (बुधबार) २ जिल्लामा वडा अधिवेशन भएपश्चात ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछ ।

“क्रियाशील सूची प्राप्त भएका ५६ जिल्लाको वडा अधिवेशन भोलीसम्म सम्पन्न हुन्छ,”उनले भने, “बाँकी २१ जिल्लाको चाहिँ पार्टीले क्रियाशीलको अन्तिम नामावली प्रकाशन गरेपश्चात् हुन्छ ।”

१४ औं महाधिवेशन अन्तर्गत सोमबार ११ जिल्लामा अधिवेशन भएको थियो । १८ भदौंबाट कांग्रेसको वडा अधिवेशन शुरु भएको हो ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  ९ : ३४ बजे