नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको हो ।
बैठकमा भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने कांग्रेस स्रोतको दावि छ । मंगलवारको संसदीय बैठकमा एमसीसी अनुमोदनबारे समेत छलफल हुनेछ ।
एमसीसी अनुमोदनबारे अहिलेसम्म संसदीय दलबाट औपचारिक निर्णय गरेको छैन । मंगलवारको बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ ।
संसद्को यही अधिवेशनबाट सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नामक अमेरिकी आर्थिक सहयोग कार्यक्रम अनुमोदन गराउने तयारी गरेको छ । संसद्को अधिवेशन बुधवार अपरान्ह ४ बजे शुरू हुँदैछ ।