अधिबेशनपछी सोलुखुम्बु कांग्रेस शशक्त हुने नेता कार्किको दाबी



नेपाली कांग्रेसका नेता एबम नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले आसन्न अधिबेशनपछी सोलुखुम्बु जिल्लामा नेपाली कांग्रेस थप एकताबद्द र मजबुत हुने दाबी गरेका छन ।जिल्लाको नेचा सल्यान गाँउपालिका स्थित वडा नम्बर र एकको वडा अधिबेशनमा बोल्दै नेता कार्किले यस्तो दाबी गरेका हुन ।

जिल्लाका धेरै वडाहरुमा सहमतिमै वडा अधिबेशन हुनु खुशीको कुरा भएको भन्दै नेता कार्किले पार्टिको स्थानिय स्तरमा भएको सहमतिले पार्टी एकताबद्द भएको हुँदा आगामी निर्बाचन कांग्रेसले जित्ने पक्का भएको दाबी गरे ।आफुले पहिले देखी नै पार्टिलाई एकताबद्द बनाउन प्रयास गरेको स्मरण गर्दै उनले धेरै वडाहरुमा स्थानिय स्तरमा भएको सहमतिले आफु उत्साही भएको उल्लेख गरे ।

स्थानिय स्तरमा भएको सहमतिले जिल्लाको अधिबेशन पनि सकभर सहमतिमै गर्न दबाब बढेको कार्किको भनाइ थियो ।आफु गुट भन्दा पनि पार्टी बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले आगामी अधिबेशनपछी जिल्लामा नेपाली कांग्रेस एकताबद्द र बलियो हुने जिकिर गरे ।

जिल्लामा कांग्रेसले चुनाब हार्दा भ्रष्टाचार र राजनितिक बेथिती बढेको दाबी गर्दै कार्किले कांग्रेसले चुनाब जिते मात्रै जिल्लाको समग्र बिकाश अघी बढ्ने बताए ।आगामी दिनमा कांग्रेसकै नेतृत्वमा जिल्लाको बिकाश र सम्बृद्दी अघी बढ्ने पनि कार्किले दाबी गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस सोलुखुम्बुका सचिब धनजन राइले अहिले स्थानिय निकायहरु भ्रष्टाचारमा डुबेको जिकिर गरे ।सचिब राइले कम्युनिष्ट पार्टिहरु जनताले भोट दिदा पनि देश चलाउन असक्षम भएको प्रमाणित भाई सकेको बताए ।अब कम्युनिष्ट पार्टिबाट देश नचल्ने उनले दाबी गरे ।

कार्यक्रममा सोलुखुम्बुका नेताहरु अशोक झा,भोजकुमार बस्नेत, रमेश राइ लगायतले आ- आफ्नो धारणा राखेका थिए ।

 

 

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : २१ बजे