मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव छैन : ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका हुन् ।

मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे ।’ पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो ।

माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए ।

एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ३० बजे