संसद बैठक आज बस्दै



काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्ने भएको छ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची रहेको छ भने कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश पेस गर्ने कार्य सूची छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने छन् ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ४८ बजे