मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी



प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बुधबार बिहान बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक सुरु भएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेको छ । संसद् बैठक चार बजे बस्दैछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : १५ बजे