क्रान्ति नगर्ने हो भने माओवादी विघटन गरौं : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विघटन गर्नुपर्ने बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र गतल प्रवृति बढ्दै गएकाले सजिलै पार्टीका नेतारकार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएकाले माओवादी विघटन गर्नुपर्ने बताएका हुन् ।

‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो,’ प्रचण्डले भने, ‘गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त। केही साथीहरू त गए।’

उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने पनि बताए।

‘एमाले र कांग्रेससँग त्यही चरित्रमा प्रतिस्पर्धा गर्न हामी कमजोर हुन्छौं। क्रान्ति र परिवर्तन गर्न सक्ने विशेषता हाम्रो हो। यो गर्न नसके हाम्रो औचित्य हुन्न,’ उनले भने।

उनले एमालेले मदन भण्डारीलाई ुलोगोुका रूपमा देखाए पनि भण्डारीको हत्या गर्नेहरू पत्ता लगाउन उत्तराधिकारी भन्नेहरूले नै चासो नदेखाएको आरोप लगाए।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ०० बजे