समाजवादीबाट एमालेमा फर्किए यी सांसद, को-को फर्किए



नेकपा (एकीकृत समाजवादी) नेतृ माया ज्ञवाली नेकपा एमालेमै फर्किएकी छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा भइरहेको एमाले संसदीय दलको बैठकमा उनी सहभागी भएकी हुन् ।

यसअघि उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी मा सनाखत गर्न निर्वाच आयोग पुगेकी थिइन् । तर, उनको नाम समावेश नभएकाले उनले सनाखत गर्न पाएकी थिइनन् ।

यसैबिच नेकपा एमाले परित्याग गरेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

सांसद् कोमल वलीले थापा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको फोटो सार्वजनिक गरेकी हुन् ।

आजदेखि सुरु हुने संघीय संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो ।

प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार  ११ : ५८ बजे