संसदीय दलको बैठकमा एमाले अध्यक्षको भुमीका माथी प्रश्न उठेपछि..



नेकपा एमालेको संसदीय दलको बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे प्रश्न उठेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले एमसीसी के हु्न्छ भन्दै प्रश्न उठाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटकै सांसद निरुदेवी पालले समेत एमसीसी के हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

“जनताले नो एमसीसी भनेका छन्, त्यसलाई ध्यान दिएर पार्टीले लागु हुनुपर्छ भन्नेबाटो बदल्नुपर्ने देखिन्छ,” पालले भनिन्, “जनताले नो भनेका विषय लागु हुनुपर्छ भनेर पार्टी लाग्नु हुँदैन ।”

सांसदहरू विमला विक, जुली महतोसहितले पनि एमसीसीका विषयमा अध्यक्ष ओली सकारात्मक हुनुको कारण आफूहरूसँग जनताले सोधिरहेको बताएका थिए । उनीहरूले जनता एमसीसीको पक्षमा नभएको भन्दै त्यसको विपक्षमा जाने निर्णय गर्नुपर्ने बताएका थिए ।

एमालेले संघीय संसद्को नयाँ अधिवेशन सुरु हुनुपूर्व प्रतिनिधिसभामा बुधबार प्रस्तुत हुने विषयमा छलफलका लागि संसदीय दलको बैठक राखेको हो ।

प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार  १२ : २८ बजे