एमालेले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिँदैनौं : ओली



नेकपा एमालेले अध्यक्ष केपि शर्मा ओलीले संसद चल्न नदिने बताएको छ । बुधबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने बताएको हुन् ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन् ।

ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन् ।

‘सुरुदेखि नै एमालेका फुटाउने खेलमा लागे । आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन् ।’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ५४ बजे